नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ५ हजार १०० रुपैयाँ र चाँदी ९० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको ९० रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस