Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिका र इरानबिच सम्भावित सम्झौतामा हस्ताक्षर गर्ने तयारी

अर्थ संसार

शुक्रबार, २९ जेठ २०८३, १७ : ३० मा प्रकाशित

अमेरिका र इरानबिच सम्भावित सम्झौतामा हस्ताक्षर  गर्ने तयारी

अमेरिका र इरानबिच सम्भावित सम्झौतामा हस्ताक्षर समारोह स्विट्जरल्याण्डको जेनेभामा हुने सम्भावना रहेको कूटनीतिक स्रोतहरूले बताएका छन्।तीन जना स्रोतहरूले बताएको भन्दै सीएनएनले समाचार छापेको छ । स्रोतका अनुसार समारोहमा अमेरिकी उपराष्ट्रपति जे।डी। भान्स पनि सहभागी हुन सक्ने अनुमान गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानसँग महान् सम्झौता नजिकिएको दाबी गर्दै केही दिनभित्रै औपचारिक सम्झौता हुन सक्ने सङ्केत दिएका थिए। तर हालसम्म इरान पक्षले कुनै पनि सम्झौता भएको औपचारिक पुष्टि गरेको छैन। दुई कूटनीतिक स्रोतका अनुसार जेनेभामा हुने भनिएको हस्ताक्षर समारोह वास्तवमा सम्झौताको कार्यान्वयन चरणको सुरुवात हुनेछ, जसमा सहमति कार्यान्वयनसम्बन्धी विस्तृत छलफल अघि बढाइनेछ।

समारोह आगामी साता फ्रान्समा हुने जी–७ शिखर सम्मेलन नजिकै आयोजना हुन सक्ने बताइएको छ, जहाँ अमेरिकी राष्ट्रपति र अमेरिकी प्रतिनिधिमण्डल पनि सहभागी हुनेछन्। कयौँ स्रोतहरूले प्रस्तावित सम्झौता कागजातलाई ‘इस्लामाबाद घोषणा’ नाम दिइएको बताएका छन् । यस नामकरणमा मध्यस्थकर्ताको भूमिकामा रहेको पाकिस्तानको योगदानलाई मान्यता दिइएको बताइन्छ।

तर यो नाम र सम्झौताको स्वरूपबारे आधिकारिक पुष्टि भएको छैन। कूटनीतिक स्रोतका अनुसार जेनेभा प्रमुख विकल्प भए पनि अस्ट्रियाको भियना पनि सम्भावित स्थानका रूपमा विचाराधीन रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको