काठमाडौं । सरकारले बीमा सम्वन्धि कसुरमा ४२ जना सम्पत्ति शुद्धीकरण मनी लाउन्डरिङ्ग सम्बन्धि कसुरमा ३९ जना, धितोपत्र सम्बन्धि कसुरमा ७९ र बैंकिङ सम्बन्धि कसुरमा ४ जनालाइ एकैपटक मुद्दा दायर गरेपश्चात दुईजना पुर्नबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत १ जना जीबन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र ५ जान लघु बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत निलम्बनमा परेका छन् ।
बीमा सम्बन्धि कसुर लागयत र वित्तीय अपराध प्रकरणमा मुद्दा दायर भएपश्चात निलम्बनम परि पद गुमाउनेमा नेपाल रि–इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा हिमालयन रि–इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल, हिमालयन लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कपिल दाहाल, लिबर्टी माइक्रो लाइफका सीईओ रामकुमार यादव र क्रेष्ट माइक्रोका सीईओ प्रतापमान श्रेष्ठ रहेका छन् ।
यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका सीईओ नरेश कुमार रोका, गार्डियन माइक्रो लाइफका सीईओ चिरायू भण्डारी र नेपाल माइक्रो इन्स्योरेन्सका सीईओ मृगेन्द्र नाथ रिमालले पनि पद गुमाएका छन् । मुद्दा दर्ता भएसँगै निज सिईओहरु निलम्बनमा परेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस