Like us!
Follow us!
Connect us!
Watch us!

स्थानीय चुुनावमा तपाईलाई मन पर्ने पार्टी र नेता कुन ?

मंगलबार, १७ फागुन २०७३, १० : ४२ मा प्रकाशित

स्थानीय चुुनावमा तपाईलाई मन पर्ने पार्टी र नेता कुन ?

अर्थ संसार 
काठमाडौै । चुुनाव घोषणासँगै चार ठूला राजनीति दलका शिर्ष नेताहरुको चर्चा चल्न थालेको छ । कुन पार्टीले सवै भन्दा धेरै ठाउँमा चुनाव जित्छ होला भनेर सर्वसाधारण जनता हिसावकिताव गर्न थालेका छन ।

विशेष गरी नेपाली कांग्रसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल (प्रचण्ड) र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा यी चार जनामा नेपाली राजनीति घुमेको छ ।

चुनावको मिति नजिकिदै गर्दा यी चार शिर्ष नेताहरु चुनावको परिणाम आफ्नो पक्षमा पार्न केन्द्रमा बसी योजना बनाइरहेका छन् ।  चुनाव घोषणा गरेसँगै विस्तारै गाउँमा चुनावको पारो पनि चढ्न थालेको छ । धेरै समयपछि हुन गैरहेको स्थानीय चुनावलाई लिएर सर्वसधारण जनताले बढी चासो र महत्वाका साथ लिएका छन् ।

स्थानीय प्रतिनिधि नहुुदाँ भोग्दै आएको समस्याबाट मुक्ता पाउन पनि सर्वसाधारण जनता स्थानीय चुनावप्रति आकर्षित भएका हुन । सरकारले बैशाख ३१ गते स्थानीय चुनाव घोषणा गरेपछि सर्वसाधारले स्वागत समेत गरेका छन् ।

विस्तारै राजनीतिक दलका नेताहरु विभिन्न योजना सहित गाउँ पस्ने क्रम बढ्न थालेको छ । स्थानीय चुनावले गाउँको अmभ तिव्र गतिमा हुने स्थानीयवासीहरुको सोचाई छ ।
 चुनावमा कुन पार्टीले कब्जा गर्ने हो त्यो भने बैशाख ३१ गते पछि मात्र थाहा हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको