Like us!
Follow us!
Connect us!
Watch us!

ह्वावेले सार्वजनिक गर्याे वाई सिक्स एस, के-के छन् विशेषता ?

निशा हुमाँगाई

विहीबार, २३ माघ २०७६, ११ : ५८ मा प्रकाशित

ह्वावेले सार्वजनिक गर्याे  वाई सिक्स एस, के-के छन् विशेषता ?

अर्थ संसार, काठमाडौं – ह्वावेले आफ्नो लोकप्रिय वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोनमा ह्वावे वाई एस सार्वजनिक गरेको छ । वाई सिक्स एसको ६.०९ ईन्चको एचडी डिस्प्ले, शक्तिशाली कार्यक्षमता र बढाइएको मेमोरी क्षमतासहित यो स्मार्टफोन निकै आकर्षक रहेको छ ।

यसैगरी, वाई सिरिजअन्तर्गतका अघिल्ला स्मार्टफोनहरूजस्तै वाई सिक्स एस सुलभ दाममा खरिद गर्न सकिने, सर्वोत्कृष्ट गेमिङ तथा फोटोग्राफी विशेषता र विशिष्ट अडियो तथा भिडियो विशषेताहरू रहेका छन् । वाई सिक्स एस दुई वटा ( कालो र नीलो) रंगहरूमा उपलब्ध रहेका छन् ।

यस्तै, ह्वावे वाई सिक्स एसमा ३ जीबी मेमोरी, ६४ जीबी स्टोरेज क्षमता र ५१२ जीबीको मेमोरी कार्ड राख्न मिल्ने सुविधा पनि रहेको छ । 

त्यस्तै, ह्वावे वाई सिक्स एसमा हार्डवेयर तथा सफ्टवेयरको सर्वोत्कृष्ट समायोजन रहेको छ। यसमा बिस्तारित २.३ जीएचजेड लार्ज कोरहरूसहितको नयाँ अक्टा–कोर प्रोसेसर र इन्टेलिजेन्ट ईएमयूआई ९.१ सिस्टममा संचालन हुन्छ ।ब्याकग्राउन्डमा चल्ने सिस्टम क्यासलाई स्वतः हटाउँछ । जब स्मार्टफोनको स्टोरेज ३० प्रतिशतभन्दा तल झर्छ तब सिस्टमले आफैँ प्रयोगकर्तालाई अनावश्यक फाइलहरू हटाउन रिमाइन्ड गर्दछ । ईएमयूआई ९.१ ले सजिलै चलाउनका लागि नेभिगेशन जेस्चरहरूको पनि सुविधा प्रदान गर्दछ ।  

साथै, वाई सिक्स एसको १५६०x७२० रेजलुशनसहितको ६.०९ ईन्चको एचडी डिस्प्ले रहेको छ । यसमा रहेको फ्रन्ट क्यामरा, एम्बियन्ट लाईट सेन्सर, सुपरस्लीम रिसिभर सबै सानो आकारको नोचमा रहेको छ । वाई सिक्स एसमा उत्कृष्ट भ्यूइङ्ग अनुभव प्रदान गर्दछ । वाई सिक्स एसमा आँखाका लागि सहज हुने विशेषता आई कम्फर्ट मोड रहेको छ र यसको लो ब्लु लाईटका लागि टियूभी रेइनल्यान्डबाट प्रमाणित भएको छ । यसले घातक ब्लु लाईटलाई फिल्टर गर्दछ र इन्टेलिजन्ट तरिकाबाट कलर टेम्परेचर एड्जष्ट गरी दृष्टि थकान हुन दिँदैन।

त्यसैगरी, ह्वावे वाई सिक्स एसमा भएको १३ एमपी रियर क्यामराले हाई रेजलुसनसहितको एकदमै स्पष्ट फोटो खिच्ने गर्दछ । यस स्मार्टफोनमा भएको एफ १.८ एपर्चर लेन्सले सुधारिएको लाइट सेन्सिभिटी रहेको छ, जसमा अन्य बजेट फोनहरू भन्दा निकै उत्कृष्ट क्षमता रहेको छ ।

यस्तै, ह्वावे वाई सिक्स एसमा ८ एमपीको फ्रन्ट क्यामरा रहेको छ । स्क्रीन लाईटयुक्त यस स्मार्टफोनमा फोटोग्राफीका हिसाबले सबैभन्दा अनुपयुक्त अवस्थामा पनि क्यामराको क्षमतालाई बढाई उत्कृष्ट फोटो खिच्ने गर्दछ ।

त्यस्तै, ह्वावे वाई सिक्स एसमा रहेको सुपरसाउन्ड टेक्नोलोजीले यसमा रहेको स्पीकर भोल्युमलाई ६ डीबीले बढाउँछ र साउन्डको प्रेसर लेभललाई बढाउँछ ।
यसमा युनिक अडियो सिस्टम डिजाइन र सुपरलिनियर स्पीकरले रिच बेससहितको रोबोस्ट म्युजिक र सियरिङ अल्टोले उत्कृष्ट साउन्ड अनुभव प्रदान गर्दछ ।  

यसैगरी, ह्वावे वाई सिक्स एसमा ३०२० एमएएच ब्याट्री जडित छ । यसमा भएको एआई पावर सेभिङ टेक्नोलोजीले ब्याट्री लाईफलाई टिकाउ बनाउँछ । यस स्मार्टफोनमा भएको फेस अनलकिङ र फिङ्गर प्रिन्ट सुविधाले प्रयोगकर्ताको सूचनालाई रक्षा गर्दछ । फेस लकले इन्टेलिजेन्ट रूपमा लो–लाइट अवस्थामा सजिलै प्रयोगकर्ताको अनुहार पहिचान गर्दछ ।

त्यस्तै, ३ जिबी ६४ जिबीयुक्त ह्वावे वाई सिक्स एसको बजार मूल्य १४ हजार ९ सय ९० रूपैयाँ तोकिएको छ र यो नेपालभर उपलब्ध छ ।

 ह्वावे कन्ज्युमर बिजनेस ग्रुपका बारेमा

ह्वावेका उत्पादनहरू तथा सेवाहरू १७० भन्दा धेरै देशहरूमा उपलब्ध छन् र विश्वको एक तिहाई जनसंख्याले प्रयोग गर्ने गर्दछन् । सन् २०१९ मा मोबाइलफोन सिपमेन्टका आधारमा ह्वावे विश्वकै दोस्रो स्थानमा रह्यो । ह्वावे कन्ज्युमर बिजनेस ग्रुप ह्वावेको चौथो बिजनेस युनिटमध्येको एक हो र स्मार्टफोन, पीसी र ट्याब्लेटहरू, मोबाइल ब्रोडब्यान्ड सर्भिस, होम डिभाइस तथा क्लाउड सर्भिसहरूसँग सम्बन्धित व्यवसायमा संलग्न  छ ।

यस्तै, ह्वावे विश्व बजारमा दोस्रो ठूलो स्मार्टफोन सप्लायर हो र सन् २०१९ को जनवरीदेखि अक्टोबरसम्म २०० मिलियन युनिट स्मार्टफोनहरू निर्यात गरिसकेको छ । अघिल्ला वर्षको तुलनामा यो आँकडामा २६ प्रतिशतले वृद्धि आएको छ । त्यस्तै ह्वावेको इकोसिस्टम उत्पादनहरूमा पनि वृद्धी भएको छ जस्तै पर्सनल कम्प्युटरको बिक्रीमा २१४ प्रतिशतले, ट्याब्लेट १० प्रतिशतले, स्मार्ट अडियो २६० प्रतिशतले तथा वेयरेबल उत्पादनहरूमा २७२ प्रतिशतले वृद्धि भएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको