Like us!
Follow us!
Connect us!
Watch us!

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ बिहीबार राष्ट्र बैंकले ताेकेकाे विनिमयदर

निशा हुमाँगाई

विहीबार, २३ माघ २०७६, ११ : ११ मा प्रकाशित

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ बिहीबार राष्ट्र बैंकले ताेकेकाे विनिमयदर

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (बिहीबार) एक अमेरिकी डलरको खरिददर११३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११४ रुपैयाँ २४ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा रहेकाे छ ।

त्यसैगरी, बिहीबार एक कुवेती दिनारको खरिददर ३७३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६० पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३०१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ०२ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६० पैसा र बिक्रीदर २७ रुपैयाँ ७४ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा तोकिएको छ ।

यसका साथै, बिहीबार एक युएई दिरामको खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा रहेको छ । ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ५० पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको