Like us!
Follow us!
Connect us!
Watch us!

सप्तरीको घटनामा दोषी को ?

मंगलबार, २४ फागुन २०७३, १६ : ५२ मा प्रकाशित

सप्तरीको घटनामा दोषी को ?

अर्थ संसार 
सप्तरी– शान्तिपूर्ण ढंगबाट निस्किएको एमालेको मेची–महाकाली अभियानलाई विथोल्न आएका मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार  सप्तरीको राजविराजको गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा झडप हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको  छ । 

प्रहरीसँगको झडपका क्रममा रंजन मेहता घटनास्थलमै र दिगम्बर यादव, पिताम्बर मण्डल र आनन्द शाहको उपचारका क्रममा मृत्यु भएको हो । सो झडपमा १५ जनाभन्दा वढी मोर्चाका कार्यकर्ता घाइते भएका थिए भने सुरक्षाकर्मी तर्फ ३ दर्जन घाइते भएका थिए । 

विभिन्न देशको चासो 
सप्तरीमा भएको यो घटनालाई छिमेकी देशहरुले चिन्ता व्यक्त गरेका  छन् । छिमेकी देश चीन, भारत , अमेरिका लागयतका देशरुरुले नेपाली सुरक्षा निकायलाई अधिकतम संयमता अपनाउन र  आन्दोलनरत दलहरूलाई अहिंसात्मक रूपमा लोकतान्त्रिक प्रक्रियामा संलग्न रहन आग्रह गरेको छन् । 

दोषी को ? 
सोमबार भएको यो घट्नामा दोषी को ? भन्ने प्रश्न अहिले नेपाली जनमानसमा उठ्न थालेको छ । सान्तिपूर्ण ढंगबाट निकालिएको एमालेको मेची–महाकाली अभियानलाई मोर्चाले किन अवरोध गर्ने ? कतापट्टिको शक्तिले मोर्चालाई चाल्यो ? अहिले यो प्रश्न सवै मानिसले सोध्ने गरेका छन् ।

आत्म सुरक्षाको लागि आफूहरुले गोली चालउनु परेको प्रहरी स्रोत बताउँछ । लोकतन्त्रमा शान्तिपूर्ण ढंगबाट आन्दोलन जुलुस गर्नु पाउनु पर्छ । सरकार, एमाले र मधेसी मोर्चा यी तीनै पक्ष एक ठाउँमा उभिएर अहिलेको राजनीतिक समस्याको समधान तिर लाग्नु नै आजको आवश्यकता हो  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको