Like us!
Follow us!
Connect us!
Watch us!

सरकारको दिनगन्ती सुरु

बुधबार, २५ फागुन २०७३, १४ : ०१ मा प्रकाशित

सरकारको दिनगन्ती सुरु

अर्थ संसार 
काठमाडौं– मेधसी मोर्चाले आफ्नो माग पुरा नभए सात दिनभित्र सरकारलाई दिएको समर्थन फिर्ता लिने अल्टिमेटम दिएपछि सरकारको दिनगन्ती सुरु हुन थालेको छ ।

 संघिय गठबन्धन र मेधसी मोर्चाले सात दिनभित्र संविधान संशोधन तथा स्थानीय तहको निर्वाचन फिर्ता लिने सरकारले निर्णय नगरे समर्थन फिर्ता लिन निर्णय गरेको छ ।

 त्यस्तै राजविवराज घटनालगत्तै सोमबार बसेको गठबन्धन बैैठकले सरकारलाई दिइएको समर्थन फिर्त लिने निर्णय गर्दै संसद् सचिवालयमा त्यससम्बन्धी पत्र दर्ता गर्ने निर्णय समेत गरेको थियो । तर मंगलबार बसेको बैठकले भने सातदिन अल्टिमेटन दिने निर्णय गरेको हो । 

मोर्चाले सप्तरी गोलीकाण्डका मृतकलाई तत्काल सहिद घोषणा गर्नु पर्ने, परिवारलाई उचित क्षेतिपूर्ति दिनु पर्ने र घाइतेलाई स्वास्थ्य उपचार गर्न सरकारलाई आग्रह गरेको छ ।   बुहुमतिय यो सरकार मधेसी मोर्चाले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नेछ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको