Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार ५ दिन बन्द गर्न धितोपत्र बोर्डको नेप्सेलाई निर्देशन (विज्ञप्तीसहित)

मिलन खड्का

आइतबार, ०९ चैत्र २०७६, २० : ४४ मा प्रकाशित

शेयर बजार ५ दिन बन्द गर्न धितोपत्र बोर्डको नेप्सेलाई निर्देशन  (विज्ञप्तीसहित)

अर्थ संसार, काठमाडौं-नेपाल धितोपत्र बोर्डले भोलि बाट शेयर बजार बन्द गर्ने निर्णय गरेको छ। 

बोर्डको आज सम्पन्न बैठकले नेप्सेलाई ५ दिनका लागि कारोबार बन्द गर्न निर्देशन दिने  निर्णय गरेको छ। 

कोरोना भाइरसको त्रासबीचमा दोस्रो शेयर बजार खेलेपछि लगानीकर्ताहरु नेपाल स्टक एक्सचेज्न (नेप्से) सँग आक्रोस पोखेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार देशवासीको लागि सम्बोधनमा देशैभरीका संघ  प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा नीजि सेवा प्रदायक संस्थाहरुबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा वाहेक अन्य सवै सेवाहरु आगामी चैत्र ९ गत अर्थात आजदेखि २१ गतेसम्म बन्दको घोषण गरिएको थियो । राजपत्रमा उल्लेखित अत्यावश्यक सेवाको सूचिमा शेयर बजार पर्दैन ।

सूचिमा नपरेपनि आइतबार शेयर बजार खुलेपछि लगानीकर्ताले नेप्सको प्रमुख कार्यकारी अधिकृत  चन्द्रसिंह साउदको राजिनामा  माग्नुको साथै आइतबारको कारोबार रकम रद्ध पर्ने माग गरेका छन् ।  आइतबार  १८.२० अंकले घटेको  बजारमा १९ करोड ४६ लाख ४२ हजार ९८४ रुपैयाँको कारोबार भएको छ ।

आइतबार शेयर बजार खुलेपछि पाँच वटै लगानीकर्ताको नेताहरुले नेप्सेका सिइओ साउदलाई भेटका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको