Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा १८.२० अंककाे गिरावट

निशा हुमाँगाई

आइतबार, ०९ चैत्र २०७६, १५ : ५९ मा प्रकाशित

शेयर बजारमा १८.२० अंककाे गिरावट

अर्थ संसार, काठमाडौं – आज (आइतबार) पनि शेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ । 

 नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक १८.२० अंकले घटेकाे छ । आइतबार शेयर बजार १८.२० अंकले घटेर एक हजार २५१.४५ मा पुगेकाे छ । नेप्से १.४३ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.७६ अंकले घटेर २७१.०६ मा पुगेको छ ।

कूल १२३ वटा कम्पनीकाे ४८ लाख ५२७ कित्ता शेयर खरिदविक्री हुँदा १९ करोड ४६ लाख ४२ हजार ९८४ रुपैयाँको कारोबार भएकाे छ । 

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल ११ उपसमूह मध्ये आज ८ वटा उपसमूहको शेयर घटेकाे छ भने ३ वटा उपसमूहकाे शेयर बढेकाे छ ।

आइतबार बैंकिङ २७.१३ अंक, व्यापार १०.५६ अंक, विकास बैंक १५.६७ अंक, जलविद्युत ४.८७ अंक, फाइनान्स ०.१७ अंक, उत्पादन २९.३ अंक,  माइक्राेफाइनान्स १७.९४ अंक र लाइफ इन्स्योरेन्स १०३.९८अंकले घटेकाे छ ।

त्यस्तै, यता हाेटल ५२.९९ अंक, निर्जिवन लाइफ १.२६ अंक र अन्य ७.२८ अंकले बढेकाे छ ।

           हेराैं आजकाे शेयर तालिका :

5e773ef292c58.jpg 5e773ef89bd4b.jpg 5e773efd58f43.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको