Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउनको मौका छोपी जङ्गलमा पासो थाप्ने सशस्त्र वन रक्षकको फन्दामा

अर्थ संसार

सोमबार, २२ बैशाख २०७७, १० : ३६ मा प्रकाशित

लकडाउनको मौका छोपी जङ्गलमा पासो  थाप्ने सशस्त्र वन रक्षकको फन्दामा

अर्थ संसार, सर्लाही-सर्लाहीको जङ्गलमा पासो थाप्दै गरेका तीन जना पक्राउ परेका छन । वाग्मती नगरपालिका–१० शङ्करपुरको जङ्गलबाट वन्यजन्तु मार्न पासो थाप्दै गरेका उनीहरू पक्राउ परेका हुन् हो ।

पक्राउ पर्नेमा वाग्मती नगरपालिका–४ का चन्द्रबहादुर ब्लोन,  नगरपालिका–२ का सन्देश मोक्तान र त्यही वडाका भीमबहादुर डिमडुम रहेका छन् । आइतबार दिउँसो जङ्गली वन्यजन्तु मार्न पासो थाप्दै गरेको अवस्थामा सव डिभिजन वन कार्यालय मूर्तियाबाट खटिएको सशस्त्र वन रक्षकको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

वन रक्षक टोलीलाई देखेर अन्य शिकारी भागेका छन् । सशस्त्र वन रक्षक टोलीले घटनास्थलबाट ठूलो परिमाणमा वन्यजन्तु मार्न प्रयोग गरिने पासो र बा ७० प ३५७८ नम्बरको पल्सर मोटरसाइकल बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई सव डिभिजन वन कार्यालय मूर्तियामा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

लकडाउनको समयमा सर्लाहीको जङ्गलमा वन्यजन्तुको चोरी शिकार गर्ने क्रम बढेको स्थानीयवासीले जनाएका छन् । केही दिनअघि मात्र वन्यजन्तु मार्न हानेको भरुवा बन्दुकको गोली लागेर मूर्तिया जङ्गलमा दुई जना घाइते भएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको