Like us!
Follow us!
Connect us!
Watch us!

मृत्यु भएको चार दिनपछि ५८ वर्षीय पुरुषमा कोरोना पुष्टि, मृत्य हुनेकाे संख्या १२ पुग्याे

अर्थ संसार

शनिबार, २४ जेठ २०७७, १३ : १९ मा प्रकाशित

मृत्यु भएको चार दिनपछि ५८ वर्षीय पुरुषमा कोरोना पुष्टि,  मृत्य हुनेकाे संख्या १२ पुग्याे

अर्थ संसार, काठमाडौं । डोल्पामा एक ५८ वर्षीय पुरुषको मृत्यु भएको ४ दिनपछि कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्लाको जगदुल्ला गाउँपालिका( ३ का ५८ वर्षीय एक पुरुषको मृत्यु भएको ४ दिनपछि कोरोना संक्रमण पोजेटिभ रहेको पुष्टि भएको हो ।

दमका रोगी रहेका ती पुरुष जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका थिए । उनीसँगै अन्य १२ जना नागरिक पनि जगदुल्ला भित्रिएका थिए । सबैलाई क्वारेन्टाइनमा रहन भनिएको थियो । 

दमका रोगी ती पुरुषलाई पनि  होम क्वारेन्टाइनमै रहन भनिएको थियो । क्वारेन्टाइनमै रहेका बेला २० गते मृत्यु भएको थियो ।

मृत्युपछि उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षणका लागि पठाइएको थियो । शनिबारको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको डोल्पाका प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।

मृतक पुरुषको दाहसंस्कारका क्रममा सुरक्षा अपनाइएको जनाइएको छ । संक्रमण फैलिएको हुनसक्ने आशंकामा उक्त वडा सिल गरिएको छ । 
योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ । ती मध्ये ११ को मृत्युपछि मात्रै कोरोना पुष्टि भएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको