Like us!
Follow us!
Connect us!
Watch us!

पम्प व्यवसायी विरुद्ध निगम कडा व्यवस्था : पम्प बन्द गरे १० लाख तिर्नु पर्ने, १५ दिन बिक्री–वितरण पनि रोकिने

अर्थ संसार

शुक्रबार, १९ असार २०८३, १२ : ५१ मा प्रकाशित

पम्प व्यवसायी विरुद्ध निगम कडा व्यवस्था : पम्प बन्द गरे १० लाख तिर्नु पर्ने, १५ दिन बिक्री–वितरण पनि रोकिने

पेट्रोलियम पदार्थको निर्वाध बिक्री वितरणमा व्यवधान गर्ने व्यवसायीविरुद्ध सरकार कडा रूपमा उत्रिने भएको छ । नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ बिक्रेता बिनियमावली संशोधन गरेर पम्प बन्द गर्ने व्यवसायीलाई ३ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको हो । 

त्यस्तै निगमले ५ दिनदेखि १५ दिनसम्म पेट्रोल, डिजेल वितरण रोक्का गर्ने कानूनी व्यवस्था समेत गरेको छ । बुधबार मात्रै पेट्रोलियम पदार्थको मूल्य घटेपछि काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्पमा इन्धन छैन भन्ने बोर्ड राखेर बन्द गरेका थिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको