नेपाल राष्ट्र बैंकले राष्ट्रिय मनिचेञ्जर प्रालिको इजाजतपत्र खारेज गरेको छ। राष्ट्र बैंकको धनगढी कार्यालयले कञ्चनपुरको भीमदत्तनगर–४, महेन्द्रनगरस्थित उक्त मनिचेञ्जरको लाइसेन्स रद्द गरेको हो।
राष्ट्र बैंकका अनुसार कम्पनीले आफ्नो कारोबार बन्द गर्न निवेदन दिएपछि इजाजतपत्र खारेज गर्ने प्रक्रिया अघि बढाइएको हो। नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ बमोजिम संस्थाको इजाजतपत्र खारेज गरिएको राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ।
यससँगै राष्ट्र बैंकले राष्ट्रिय मनिचेञ्जर प्रालिसँग कुनै प्रकारको लेनदेन, दाबी–द्वावी वा अन्य सरोकार भएका व्यक्ति तथा संस्थालाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नेपाल राष्ट्र बैंकको धनगढी कार्यालयमा आवश्यक जानकारी तथा दाबी पेश गर्न आग्रह गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस