Like us!
Follow us!
Connect us!
Watch us!

मातृभूमि लघुवित्तले एफपीओ र हकप्रद सेयर निष्काशन गर्ने

अर्थ संसार

शुक्रबार, १९ असार २०८३, ११ : १० मा प्रकाशित

मातृभूमि लघुवित्तले एफपीओ र हकप्रद सेयर निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओ निष्काशनपश्चात शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सो प्रस्ताव पारित गर्न लघुवित्तले असार ३२ गते ७ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो । 

उक्त सभा कम्पनीको केन्द्रिय कार्यालय, लम्की, कैलालीमा बिहान १० बजे शुरु हुनेछ । सभाले एफपीओ निष्काशन गर्ने, सोपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, अन्य लघुवित्त वित्तीय संस्थासँग मर्ज वा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले असार २३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार असार २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको