Like us!
Follow us!
Connect us!
Watch us!

क्वारेन्टिनमा सामान्य उपचारकाे अभाव, डोटी र बैतडीमा एकैदिन दुई युवाको मृत्यु

अर्थ संसार

आइतबार, २५ जेठ २०७७, ०८ : ४८ मा प्रकाशित

क्वारेन्टिनमा सामान्य  उपचारकाे अभाव, डोटी र बैतडीमा एकैदिन दुई युवाको मृत्यु

अर्थ संसार, काठमाडौं । डोटी र बैतडीमा एकैदिन क्वारेन्टिनमा बसेका दुई युवाको मृत्यु भएको छ। भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका १९ र ३१ वर्षीय दुई युवकको मृत्यु भएको हो।

भारतबाट फर्किएर बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोलीका ३१ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो । शनिबार साँझ साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ८ः३० बजेतिर मृत्यु भएको  हो ।

त्यस्तै डोटीको केआई सिंह गाउँपालिका-३ को सिताराम आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका १९ वर्षीय युवकको पनि आइतबार बिहान ३ बजेतिर मृत्यु भएको छ । 

उनी पनि भारतको लुधियानाबाट एक साताअघि मात्रै नेपाल आएका थिए। 

दुवै मृतकको स्वाबको नमूना सङ्कलन गरिएको र कोरोना परीक्षणका लागि पठाइएको छ ।

न्युनतम पूर्वाधार, स्वास्थ्य उपचारको अभाव र परीक्षणमा डिलाई हुँदा क्वारेन्टिनमा ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ। क्वारेन्टिनमा ज्यान गुमाउने अधिकांशको मृत्युपछि मात्रै स्वाब परीक्षण भएको छ। यसअघि बाजुरा, डोल्पा र बैतडीमा पनि एक एक जनाको क्वारेन्टिमै मृत्यु भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको