Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी डिभी चिठ्ठाको नतिजा खुल्यो, यसरी गर्नुहोस् चेक

अर्थ संसार

आइतबार, २५ जेठ २०७७, ०९ : ११ मा प्रकाशित

अमेरिकी डिभी चिठ्ठाको नतिजा खुल्यो, यसरी गर्नुहोस् चेक

अर्थ संसार, काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२१ को नतिजा सार्वजनिक भएको छ । अमेरिकी दूतावासले डिभी २०२१ को नतिजा सार्वजनिक भएको बताएकाे हाे ।

डिभीकाे नतिजा हेर्नका लागि  https://dvprogram.state.gov मा गएर आवेदन दिंदाको कन्फर्मेसन नम्बर राखेर हेर्न सकिने जनाइएको छ ।

कन्फर्मेसन नम्बर भुलेको वा हराएको भए पनि “Forgot Confirmation Number” मा क्लिक गरेर सो नम्बर तुरुन्तै प्राप्त गर्न सकिने जनाइएको छ ।

दूतावसले डिभी परेको अथवा आवेदन सफल भयो भन्ने व्यहोराका कुनै पनि ईमेल वा अन्य म्यासेज नदिने समेत जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको