Like us!
Follow us!
Connect us!
Watch us!

साढे ३४ लाख काेराेना संक्रमित निकाे भए

सोमबार, २६ जेठ २०७७, ०७ : ५३ मा प्रकाशित

साढे ३४ लाख काेराेना संक्रमित निकाे भए

अर्थ संसार, काठमाडौँ। विश्वभर कोरोना भाइरसबाट ७० लाख ८६ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । तीमध्ये ३४ लाख ५९ हजार निको भइसकेका छन् । झण्डै ४ लाख ६ हजार बढीले ज्यान गुमाएका छन् ।

 संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेको कुल संख्या २० लाख नाघेको छ । अमेरिकामा सोमबार बिहानसम्म कुल संक्रमित संख्या २० लाख ७ हजार ४४९ पुगेको छ । 

आइतबार मात्र त्यहाँ एकै दिन मात्र  १८ हजार ९०५ जनामा संक्रमण पुष्टि भएको छ । यो अघिल्ला दिनहरूको तुलनामा कमै हो । अमेरिकामा पछिल्लो समय कोरोना भाइरस कमजोर हुँदै गएको देखिएको छ । त्यहाँ संक्रमितहरू निको हुने दर बढिरहेको छ । 

हालसम्म अमेरिकामा संक्रमितमध्ये  ७ लाख ६१ हजार ७०८ जना पूर्ण रूपमा निको भइसकेको जनाइएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १० हजार मानिस निको भएका छन् । यद्यपि अझै ११ लाख ३३ हजारभन्दा बढीमा कोरोना भाइरस सक्रिय रहेको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण १ लाख १२ हजार ४६९ ले ज्यान गुमाइसकेका छन् । हिजोमात्र त्यहाँ  ३७३ जनाले ज्यान गुमाएका छन् । यो संख्या अमेरिकामा कोरोनाका कारण दैनिक मृत्यु हुनेमा गत मार्च २७ यताकै कम हो । मृत्युदर घट्नु र निको हुने दर बढ्नुले त्यहाँ भाइरस कमजोर भइरहेको जनाउँछ ।

उता अमेरिकालाइ पछ्याइरहेको ब्राजिलमा भने संक्रमण दर तीव्र रूपमा बढिरहेकै छ । ब्राजिलमा पछिल्लो समय संयुक्त राज्य अमेरिकाको भन्दा पनि बढी दैनिक मृत्यु र संक्रमणका केस फेला परिरहेका छन् । तर आइतबार भने त्यहाँ संक्रमित संख्या अघिल्ला दिनहरूको तुलनामा कम देखिएको छ ।


ब्राजिलमा आइतबार एकै दिन १८ हजार ३७५ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसकै कारण त्यहाँ आइतबार ५४२ जनाको मृत्यु भएको छ । यो अघिल्ला दिनहरूको तुलनामा कम हो । शनिबार त्यहाँ ९१० को ज्यान गएको थियो भने २७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका थिए ।

अहिलेसम्म ब्राजिलमा कोरोनाका कारण कुल ३६ हजार ४९९ जनाले ज्यान गुमाइसकेका छन् । तर त्यहाँ निको हुने दर पनि बढी छ । ब्राजिलमा हाल कोरोना संक्रमित संख्या ७ लाख ९१ हजार नाघेको छ भने निको हुनेको संख्या ३ लाख २ हजार नाघेको छ ।
भारतमा हालसम्म २ लाख ५७ हजार ४ सय ८६ जना संक्रमित भइसकेका छन् । त्यहाँ ७ हजार २ सय ७ ले ज्यान गुमाएका छन् । १ लाख २३ हजार जना निको समेत भइसकेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको