Like us!
Follow us!
Connect us!
Watch us!

शनिबार लगायतका बिदामा पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

अर्थ संसार

शुक्रबार, ३० जेठ २०७७, ०६ : ५४ मा प्रकाशित

शनिबार लगायतका बिदामा पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

अर्थ संसार, काठमाडौं । अब सार्बजनीक विदामा समेत बैंक खोलिने भएका छन् । नेपाल राष्ट्र बैंकले सबै वर्गका बैंकलाई शनिबारलगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको हो।  

मुख्यरुपमा करदाताहरुलाई मध्यनजर राख्दै राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो । करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि आगामी असार ३२ सम्म सार्वजनिक बिदामा पनि बैङकहरूका सम्पूर्ण राजस्व सङ्कलन गर्ने शाखा, काउन्टर एवं बैंकका क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउससमेत पूर्णकालीन रूपमा खोल्न निर्देशन दिइएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले बताएका छन् ।

सार्वजनिक बिदामा पनि करिब चारदेखि पाँच हजार चेक क्लियरिङ हुँदै आएको र दैनिक रूपमा यो बढ्दो क्रममा रहेको राष्ट्र बैंकले जनाएको छ। यसबाट सरकारी भुक्तानी, कर तथा राजस्व सङ्कलन र सामान्य व्यक्तिलाई पनि निकै सहज हुन थालेको राष्ट्र बैंकको दाबी छ। 

सरकारे सबै करदाताहरुलाई असार ७ भित्र कर बुझाइसक्न आदेश दिएको थियो । यद्यपी सर्वोच्च अदालतले असार ३२ सम्म बुझाउन आग्रह गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको