नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य ४०० रुपैयाँ र चाँदी १० रुपैयाँले सस्तो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९० हजार ३०० रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको मूल्य तोलाको २ लाख ९० हजार ७०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले घटेर ४ हजार ६०५ रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदीको मूल्य ४ हजार ६१५ रुपैयाँ रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस