Like us!
Follow us!
Connect us!
Watch us!

अध्ययन बिनै पुँजी बजारमा प्रवेश गरे लगानी डुब्ने नै हो - जगनाथ ढुङ्गेल

अर्थ संसार

आइतबार, २१ असार २०८३, १६ : ०१ मा प्रकाशित

अध्ययन बिनै पुँजी बजारमा प्रवेश गरे लगानी डुब्ने नै हो - जगनाथ ढुङ्गेल

लगानीकर्ता जगनाथ ढुङ्गेलले अध्ययन बिना पुँजी बजारमा प्रवेश गरेर कमाउँछु भन्नु मुर्खता मात्रै हुने हुने बताएका छन् । अर्थसंसारको लगानीकर्ताको आवाजमा कुरा गर्दै उनले बिना अध्ययन सेयर बजारमा आउँदा ढिलो चाँडो खाल्डोमा नै पुगिने बताएका हुन् । 

उनले ३० हजारको तलब पाउनका लागि १२/१५ वर्ष अध्ययन गर्नु पर्ने भन्दै सेयर बजारमा भने बिना अध्ययन कमाउन खोज्नु अनुत्पादक बन्न सक्ने बताए । ‘हामी ३० हजार रुपैयाँको जागिरका लागि १२/१५ वर्ष अध्ययन गछौँ । अनि पुँजी बजारबाट छोटो समयमा नै बिना अध्ययन कमाउन खोज्छौँ,’ उनले भने, ‘बिना अध्ययन पुँजी बजारबाट एक दुई पटक कमाउन सकिए पनि अन्तिममा डुब्ने नै हो ।’ 

व्यवसायीहरुलाई पक्राउ गर्दा ठूला लगानीकर्ता डराएको अवस्थामा साना लगानीकर्ताले मात्रै बजारलाई बढाउन नसक्ने उनको भनाइ छ । ‘ठूला लगानीकर्ता बाहिरिदा माग कम हुन्छ । यसले गर्दा बजार सोचेजस्तो गरि अघि बढ्न सक्दैन,’ उलने भने । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको