अर्थ संसार
काठमाडौं– लामो समयदेखि चर्चा र परिचर्चाको शिखरमा रहेको तर काम हुन नसकेको निजगढ दोस्रो विमानस्थलको काम अगाडि बढ्ने भएको छ । विमानस्थलका लागि पहिलो पटक सार्वजनिक सूचना मार्फत स्थानीयबासीलाई मुआब्जाका लागि निवेदन दिन आग्रह गरिएको छ ।
सूचना अनुसार सडकले नछोएको जग्गा प्रति कठ्ठा रु २ लाख ४१ हजार ५ सय निर्धारण गरिएको छ । सहायक सडकले छोएको जग्गा रु ३ लाख ३९ हजार २५० प्रति कठ्ठा निर्धारण गरिएको छ ।
त्यस्तै मुल सडकले छोएको जग्गा रु ४ लाख ६० हजार प्रति कठ्ठा निर्धारण गरिएको छ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि अधिग्रहण गरिने जग्गाको मुआब्जा निर्धारण गरिएको हो ।
जग्गाको मुआब्जा प्रति कठ्ठा न्युनतम रु दुई लाख ४१ हजार ५ सय देखि अधिकतम चार लाख ६० हजार सम्म निर्धारण गरेको हो । अधिग्रहण गरिने जग्गाको मुअब्जा निकाल्न चैत १४ बसेको मुआब्जा निर्धारण समितिको बैठकले जग्गाको मुल्यांकन गरेको हो ।
मुआब्जा निर्धारण समितिले सार्वजनिक गरेको सुचना प्रकाशित गरेर अधिग्रहग गरिने जग्गाको मुल्य निधारण गरेको छ ।समितिले साविकको कोल्हवी नगरपालिक ७ (ककडी), हाल कोल्हवी नगरपालिका ५ र साविकको करैया गाविस ८ (काँजगाउँ), हाल कोल्हवी नगरपालिका ८ का जग्गाहरु अधिकरणका लागि मुआब्जा जारी गरेको छ ।
मुआब्जा रकम दावी गर्नका जग्गा धनीले सुचना प्रकाशित भएको मिती चैत १५ को ३५ दिन मित्रमा सक्कल नागरिकताको प्रमाणपत्र, सक्कल जग्गाधनी प्रमाणपूर्जा, चालु आर्थिक वर्षमा तिरो तिरेको रसिद लगायत जग्गाको हकभोग सम्बन्धि सबुद आफुसंग भएको प्रमाणसहित रु १० को टिकट टाँसी पेश गर्नुपर्ने छ । मुआब्जा दावीका लागि दोस्रो अन्तराष्ट्रिय बिमानस्थल आयोजनाको कार्यालय सिमरा बिमानस्थल परिसर बारामा सम्पर्क गर्नुपर्ने छ ।
काठमाडौं । निजी क्षेत्रका प्रवद्र्धकहरु सानो एउटा जलविद्युत् आयोजना बनाउने र केवल हल्ला मात्रै गरेर बस्ने गरेको सन्दर्भमा अपि पावरले भने उक पछि अर्को गर्दै महत्वपूर्ण आयोजना अगाडि बढाउन लागेको छ । दार्चुलामा दुई महत्वपूर्ण आयोजना अगाडि बढाएर पायनियर कम्पनीको रुपमा स्थापित भएको अपि पावरले आगामी केही महिना भित्रै ७५ मेगावाट क्षमताकोे त्रिशुली गल्छी जलविद्युत आयोजना अगाडि बढाउने भएको छ ।
अपि पावरको सहायक कम्पनीको रुपमा रहेको सिद्धकाली हाइड्रोले निर्माण गर्ने सो आयोजनाको सुरुङ मात्रै ८ किलोमिटर लामो हुने छ । आयोजनाले निर्माण गर्न लागेको यो सुरुङ नेपालकै सबैभन्दा लामो सुरुङ हुने कम्पनीले जनाएको छ ।
आयोजनाले निर्माण गर्ने सुरुङ नुवाकोटको रातमाटे दर्शनटार र बुद्धसिङदेखि धादिङको कल्लेरीसम्म ८ किलोमिटर लामो हुने अपि पारको म्यानेजिङ डाइरेक्टर सञ्जिव न्यौपानेले बताउनुभयो ।
आयोजनाको इन्जिरियरिङ रिपोर्ट भारतको बैंकलोरमा बनेको हो । केही हप्ताअघि मात्रै भारतीय कम्पनीले सिद्धकाली पावरलाई उत्तः प्रतिवेदन समेत उपलब्ध गराएको र थप विस्तृत प्रतिवेदन भने केही समयपछि आइपुग्नेछ ।
कूल ८ किलोमिटर लामो सुरुङमा ३८० मिटर फलामे पाइपबाट पानी लगिने छ । वाँधबाट आयोजनाको हेडसम्म सरुङबाटै पानी लगिने न्यौपानेले जानकारी दिनुभयो । शतप्रतिशत स्वदेशी लगानीमा निर्माण सम्पन्न गर्न लागिएको यो आयोजनाको कूल लागत करिब १५ अर्ब रहेको छ ।
त्यसमा रु ९ अर्ब ८० करोड विभिन्न बैंक तथा वित्तिय संस्थाबाट ऋण लिइनेछ बाँकी रकम भने इक्विटीको रुपमा अपि पावर, सिद्धकाली ले जुटाउनेछ । स्थानीयबासीलाई १० प्रतिशत सेयर उपलब्ध गराइनेछ । आयोजनामा लक्ष्मी बैंकको नेतृत्वमा ११ बैंकको सहवित्तियकरणमार्फत लगानी गर्ने विषय करिब करिब अन्तिम अवस्थामा पुगिसकेको छ ।
सो आयोजना सिद्धकाली पावर कम्पनीले निर्माण गर्ने हो । सिद्धकाली पावरमा अपि पावर कम्पनीको ८० प्रतिशत लगानी छ । यो आयोजनाले गत जेठ १२ गते विद्युत प्राधिकरणसँग पीपीए गरेको थियो ।
आयोजनाबाट उत्पादन हुने विद्युत सरकारले निर्माण गर्ने न्यू मस्र्याङदी–काठमाडौं २२० केभी ट्रान्समिसन लाईनमार्फत राष्ट्रिय प्रसारण लाईनमा जोडिने छ । न्यौपानेका अनुसार निर्माण सुरु गरेको ४ वर्षमा आयोजना सम्पन्न हुनेछ ।
केही दिन भित्रै ठेकेदार छनौटका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरिएको छ । । नयाँ वर्ष अर्थात् २०७४ वैशाखबाट निर्माण सुरु गरेर चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
आयोजनाले सर्वसाधारण लगानीकर्ताका लागि १५ प्रतिशत छुट्ट्याएको छ । त्यसबाहेक आयाजना प्रभावित स्थानीयका लागि १० प्रतिशत सेयर छुट्ट्याईएको छ । हाल आयोजना निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको काम भइरहेको छ ।
आयोजनाको बाँध बाधिँने ठाउँमा प्रतिरोपनी रु ८ देखि १० लाख मूल्यमा जग्गा अधिग्ररण गरिएको छ । आयोजनाको स्थायी संरचना निर्माणका लागि ३ सय रोपनी र आयोजनाको सपोर्टका लागि ४ सय रोपनी गरी कूल ७ सय रोपनी जग्गा अधिकरण गर्नुपर्नेछ ।
कम्पनीले केही दिनमा विश्वव्यापी रुपमा बोलपत्र आह्वान गर्ने जनाएको छ । तर बोलपत्रमा सहभागी हुन नेपालमा दर्ता भउको कम्पनी एवम् ठेकेदार भने अवस्य नै हुनुपर्ने छ । आयोजना निर्माणका लागि भारत तथा चीनका ठेकेदारले चासो देखाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस