Like us!
Follow us!
Connect us!
Watch us!

'जुम मिटिङ' मा पर्यटनमन्त्री योगश भट्टराई बोल्दाबोल्दै पोर्न भिडियो बजेपछि...

अर्थ संसार

सोमबार, ०८ असार २०७७, १५ : २७ मा प्रकाशित

'जुम मिटिङ' मा पर्यटनमन्त्री योगश भट्टराई बोल्दाबोल्दै पोर्न भिडियो बजेपछि...

अर्थ संसार, काठमाडौं– नेपाल पर्यटन बोर्डले सोमबार दिउँसो पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न ‘जुम एप’मा मिटिङ सुरु गर्यो । मिटिङमा पर्यटनमन्त्रि योगेश भट्टराई बोलिरहेका थिए ।

सोही अवस्थामा ‘ह्यारिस’ नाम गरेको प्रयोगकर्ता मिटिङमा जोडिएको देखियो र उक्त प्रयोगकर्ताबाट मिटिङमा सहभागी सबैले देख्ने गरि पोर्न भिडियो देखियो । यसरी जूममा भिडियो मिटिङ चलिरहँदा विचमै अश्लील भिडियो प्रदर्शन भयो ।

सुरक्षा विषयलाई चुनौती दिँदै अनाधिकृत रुपमा ह्याकरहरु वा अन्य कुनै समुहको साइबार आक्रमणकारीले मिटिङमा प्रवेश गरेर भिडियो देखाएको हो । ती व्याक्तिले जूम बम्बिङ गर्दै अश्लील भिडियो तथा फोटो प्रस्तुत गरिदिएको हो  ।

करीब दुई सय १३ जना सहभागी उक्त कार्यक्रममा मन्त्री भट्टराई बोलिरहँदा त्यस्ता अश्लील सामग्री प्रस्तुत भएका थियो । जसका कारण कार्यक्रम नै रद्द हुन पुगेको छ ।

यसरी जुम नेपालमा पनि असुरक्षित देखिएको छ । यद्यपी जुमले भने मिटिङ होस्ट गर्ने व्याक्तिले नै आइडी र पासवर्ड जथाभावी सेयर गर्दा यस्तो समस्या देखिने गरेको बताउँदै आएको छ । यसले जुमको असुरक्षाको विषयलार्इ झल्काइदिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको