अर्थ संसार, काठमाडौं– एनआईसी एशिया लद्युवित्त वित्तीय संस्थाले निश्कासन गरेको साधारण शेयर (आइपिओ) शनिबार नै बाँडफाँड हुने भएको छ।
बिक्री प्रबन्धक सानिमा क्यापिटलको अनुसार साढे ९ बजे क्यापिटलको कार्यालय नक्सालमा हुने भएको हो ।बिहीबार मात्रै आइतबार शेयर बाँडफाँड गर्ने मिति तय क्यापिटलले गरेको थियो ।
बजारमा अर्काे साता साधाना लद्युवित्त वित्तीय संस्था र र अजोड इन्स्योरेन्सको आइपिओ निश्कासन हुने भएकाले शनिबार नै आइपिओ बाँडफाँड गर्न लागेको क्यापिटलले जनाएको छ ।
असार १० गतेदेखि निष्कासन गरेकाे लघुवित्तको ४७ लाख ५५ हजार कित्ता आईपीओमा ४ लाख १४ हजार १ सय ८० जनाको आवेदन परेको थियाे । यो माग गरिए भन्दा ५.१९ गुणा बढी हो । जसमध्ये योग्य आवेदक भने ३ लाख ९७ हजार ७ सय ४१ जना रहेको निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ ।
आवेदकको संख्याको आधारमा पहिलो चरणमा सबैले १० कित्ता शेयर प्राप्त गर्नेछन् । त्यसपश्चात बाँकी रहेको शेयर भने गोलाप्रदाद्वारा वितरण गर्दा ४६ हजार ५७९ जना आवेदकले थप १० कित्ता शेयर हात पार्न सक्ने सानिमा क्यापिटलले जनाएकाे छ ।
लघुवित्तले जारी चुक्ता पूँजी १ अर्ब ४८ कराेड रूपैयाँकाे ३२ दशमलव १३ प्रतिशतका दरले ४७ कराेड ५५ लाख रकम बराबरकाे प्रति शेयर रू.१०० अंकित दरकाे ४७ लाख ५५ हजार कित्ता आईपीओमध्ये ७४ हजार कित्ता कर्मचारीहरुको लागि, २ लाख ३७ हजार ८०० कित्ता सामुहिक लगानी कोषको लागि र ४४ लाख ४३ हजार २०० कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको थियाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस