नेपाल धितोपत्र बोर्डले दोहोरो अन्तर्राष्ट्रिय पहिचान नम्बर (आईजीन) लागू गर्ने व्यवस्थाबाट पछि हट्ने संकेत गरेको छ।
नेपालको पुँजी बजारलाई थप व्यवस्थित बनाउने उद्देश्यले सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले करिब एक वर्षअघि ल्याएको ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका–२०८२’ मा संस्थापक र साधारण सेयरलाई छुट्टाछुट्टै आईजीन प्रदान गर्ने व्यवस्था गरिएको थियो।
बोर्डका अध्यक्ष गोपाल भट्टले केही दिनअघि पत्रकारहरूसँगको भेटमा यस्तो सङ्केत गरेका हुन् । उनले सीडीएससीले एक वर्षअघि पठाएको डबल आईजीन सम्बन्धी कार्यविधि अगाडि नबढाउने स्पष्ट सङ्केत गरेका छन् ।
उक्त निर्देशिकामा सीडीएससीले संस्थापक (प्रमोटर) र साधारण सेयरलाई छुट्टाछुट्टै अन्तर्राष्ट्रिय पहिचान नम्बर (आईजीन) प्रदान गर्ने व्यवस्था गरेको छ । तर उक्त कार्यविधि एक वर्षसम्म बोर्डमा थन्कियो । तत्कालीन बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले उक्त कार्यविधिलाई अघि बढाएनन् । तर अहिले बोर्डमा नयाँ अध्यक्ष गोपाल भट्टले जिम्मेवारी सम्हालेका छन् । अध्यक्ष भट्टले विगतमा थन्किएर र अड्किएर बसेका सबै फाइल अध्ययन गरेर अघि बढाउने तयारी गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस