अर्थ संसार, काठमाडौं – मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे विशेष साधारण सभा आज (असार २० गते, शनिबार ) हुँदैछ ।
संस्थाकाे असार ३ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा सिद्धार्थ कटेज तिनकुने, काठमाडौंमा दिउँसाे १ बजेबाट सुरू हुनेछ ।
सभामा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
त्यसैगरी, सभामा डीडीएका आधारमा स्वाप रेसियो पारित गर्ने, एक्वारपछि कायम पुँजीका आधारमा हकप्रद शेयर जारी गर्ने लगायतका विशेष एजेन्डाहरू छलफल गरि पारित गरिनेछ ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस