Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ निष्कासन गर्न यी दुई कम्पनी धितोपत्र बोर्डको ढोकामा

निशा हुमाँगाई

शनिबार, २० असार २०७७, ११ : १८ मा प्रकाशित

आईपीओ निष्कासन गर्न यी दुई कम्पनी धितोपत्र बोर्डको ढोकामा

अर्थ संसार, काठमाडौं – दुईवटा इन्स्योरेन्स कम्पनीले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् । 

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेका हुन् ।

रिलायन्स लाइफ इन्स्याेरेन्सले ६३ करोड रूपैयाँ बराबरको ६३ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार ९ गते मंगलबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्ने बताइएकाे छ ।

त्यसैगरी, सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० करोड रूपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार १४ गते आइतबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम  एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।

हेर्नुहाेस् तालिका :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको