अर्थ संसार, काठमाडौं - एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १० गतेदेखि निष्कासन गरेकाे साधारण शेयर (आईपीओ) आज (शनिबार) बिहान बाँडफाँड भएको छ । उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड गरिएको हो ।
लघुवित्तको आईपीओमा आवेदन गर्ने सबैजना योग्य आवेदकले न्युनतम १० कित्ता शेयर पाएका छन् । यस्तै, बाँकी ४६ हजार ५ सय ७९ लगानीकर्ताले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् ।
बिक्री प्रबन्धक सानिमा क्यापिटलले दिएकाे जानकारी अनुसार लघुवित्तको आईपीओमा ३ लाख ९७ हजार ७ सय ४१ वटा योग्य आवेदन परेको थियाे ।आईपिओमा कुल ४ लाख १४ हजार १ सय ८० जनाले २ करोड ३० लाख ६५ हजार ३ सय ९० कित्ताको लागि आवेदन परेको थियो । रितपूर्वक आवेदन नदिने १६ हजार ४९७ जना आवेदकले शेयर नपाएका पनि सानिमा क्यापिटलले बताएकाे छ ।
हेर्नुहाेस् रिजल्ट र अन्य विवरण :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस