Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको विशेष साधारण सभा आज : कञ्चन डेभलपमेन्ट बैंकलाई आफूसँगै गाभ्ने

निशा हुमाँगाई

आइतबार, २१ असार २०७७, १० : १० मा प्रकाशित

एनएमबि बैंकको विशेष साधारण सभा आज : कञ्चन डेभलपमेन्ट बैंकलाई आफूसँगै गाभ्ने

अर्थ संसार, काठमाडौं- एनएमबि बैंक लिमिटेडकाे विशेष साधारण सभा आज (असार २१ गते आइतबार) हुँदैछ ।

बैंककाे जेठ ३२ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा कृष्णटावर, नयाँ बानेश्वर, काठमाडाैँमा अहिले बिहान ११ बजेबाट सुरू हुनेछ ।

यसैगरी, सभामा एनएमबि बैंक लिमिटेडले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकको १०० कित्ता शेयर बराबर आफ्नो ८५ कित्ता शेयर आदानप्रदान गर्ने गरि प्राप्ति गर्ने सम्झौता गरेको हाे ।

बैंकले प्राप्ति गर्ने प्रयाेजनार्थका लागि असार १२ गते शुक्रबार एक दिनका लागि शेयर दाखिला खारेज बन्द गर्नेछ । तसर्थ असार ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको