Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय वन रक्षकद्वारा चार नेपाली नियन्त्रणमा

शुक्रबार, १८ चैत्र २०७३, १२ : १३ मा प्रकाशित

भारतीय वन रक्षकद्वारा चार नेपाली नियन्त्रणमा

अर्थ संसार 

बर्दिया– नेपाल–भारत सीमाअन्तर्गत बर्दियाको दशगजा नजिकैबाट भारतीय वन रक्षक टोलीले चारजना नेपालीलाई नियन्त्रणमा लिएको छ । 

नियन्त्रणमा लिएकाहरुमा स्थानीय २० वर्षीय सुशील कुमाल, २३ वर्षीय नरबहादुर कुमाल तथा ४५ वर्षीय सुनिल कुमाल र राजेन्द्र रेउ रहेका छन् ।

मधुवन नगरपालिका–३ दशगजा पिलर नं। ८२ नजिकैबाट भारतीय वन रक्षक गस्ती टोलीले उनीहरुलाई बिहीबार राति नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ । 

भारतीय जङ्गलबाट १० फिट लामो दुईवटा काठको गोलिया लिएर नेपाल आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको दाबी भारतीय कतर्निया वन्यजन्तु आरक्ष टोलीको छ । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको