Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारले लय समातेको हो ?

अर्थ संसार

सोमबार, २२ असार २०७७, १५ : ११ मा प्रकाशित

शेयर बजारले लय समातेको हो ?

हेरौं,आजको शेयर तालिका।

अर्थ संसार, काठमाडौं- लकडाउनपछिको शेयर बजारले विस्तारै लय समात्न  थालेको छ । करिव ३ महिना लकडाउनपछि १५ असारबाट खुलेको थियो । खुलेको केही दिन शेयर बजारमा लगानीकर्ताले नसोचेको उतारचढाव देखिएको थियो ।

पछिल्लो समयमा विस्तारै शेयर बजारले लयमा समातेको देखिन्छ । आइतबार ९.३५ अंकले बढेको बजारमा १ अर्ब बढीको कारोबार भएको थियो ।

(आज) सोमबार  शेयर बजारमा हरियाली छाएको छ । नेप्से ३३.२७ अंकले बढेको छ । १७६ वटा कम्पनीको २७ लाख ३१ हजार  ४९८ कित्ता शेयर खरिदविक्री हुँदा ९२ करोड ७८ लाख ४१ हजार ३२९ रुपैयाँ कारोबार भएको छ ।क वर्गको सेन्सेटिभ परिसूचक समेत ६.३ अंकले बढेको छ । 

बढेको बजारमा बैकिङ २१.२९ अंक, व्यापार १४.४७ अंक, होटल ७४.६७ अंक, विकास बैंक १४.१५ अंक, जलविद्युत १२.४७ अंक, फाइनान्स २.५१ अंक, निर्जीवन  लाइफ इन्स्योरेन्स २७४.४७ अंक, उत्पादन ४५.२३ अंक, अन्य २९.६२ अंक, माइक्रोफाइनान्स ८४.११ अंक र लाइफ इन्स्योरेन्स २६६.४३ अंकले बढेको छ । यता सामूहिक लगानी कोष भने ०.०६ अंकले घटेको छ । आज ग्लोबल आइएमई लद्युवित्त वित्तीय संस्था र नेपाल पुनर्बीमा कम्पनी १० प्रतिशतले बढेको ।

बढ्ने कम्पनीहरु


घट्ने कम्पनीहरु

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको