Like us!
Follow us!
Connect us!
Watch us!

साधना लघुवित्तको आइपिओमा ६ हजार ११६ जनाको आवेदन रद्द, कारण के ?

अर्थ संसार

मंगलबार, २३ असार २०७७, १८ : ३० मा प्रकाशित

साधना लघुवित्तको आइपिओमा ६ हजार ११६ जनाको आवेदन रद्द, कारण के ?

अर्थ संसार, काठमाडौं- साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले निश्कासन गरेको साधारणस शेयर (आइपिओ) मा आवेदन दिएका मध्ये ६ हजार ११६ जनाको आवेदन रद्द भएको छ । आइपिओ विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलेको अनुसार २ लाख ३४ हजार २३० कित्ताको लागि ६ हजार ११६ जनाले दिएको आवेदन रद्द भएको हो ।

आइपिओ खुलेको तेस्रो दिन आज) मंगलबार बेलुका ५ बजेसम्म सम्म ९० लाख ९९ हजार ०६० कित्ता आवेदन परेको छ ।  असार २१ गते आइतबारदेखि निष्कासन गरेको साधारण शेयर (आइपिओ) मा मागभन्दा १३।७५ गुणा धेरै आवेदन परेको हो ।

आज (मंगलबार) साँझ ५ बजेसम्ममा ३ लाख ६३ हजार ३  सय ५२  जना आवेदकले ९० लाख ९९ हजार ६० कित्ता शेयर खरिदको लागि आवेदन परेको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

साधनाको IPO घर, अफिसमा बसीबसी मोवाइलबाटै तुरुन्त यसरी भर्नुहोस् ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३२ दशमलव ५० प्रतिशत अर्थात ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासन गरेको  मध्ये ०।५० प्रतिशत अर्था १० हजा ८९० कित्ता शेयर कर्मचारी, ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषसलाई र बाँकी ६ लाख ६१ हजार ५२० कित्ता सर्वसाधारण शेयरधनीहरुलाई छुट्याइएको छ ।

संस्थाको आइपीओलाई इक्रा नेपाल लिमिटेडले इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ दिएको छ । आइपीओ बिक्री पश्चात कायम चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँको ५० प्रतिशत हकप्रद समेत जारी गर्ने तयारी रहेको संस्थाले जनाएको छ ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।लगानीकर्ताले आईपीओमा छिटोमा असार २४ गते र ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि(आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, ग्लोबल आइएमई क्यापिटल र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

आवेदन किन भयो रद्द ?

आइपिओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको अनुसार शेयर लगानीकर्ताले आवेदन दिएको बैंकहरुले आइपिओको आवेदन रद्द गरेका हुन् । जसमा आवेदन दिएको व्यक्तिको बैंकमा पैसा नहुनु, एउटै व्यक्तिले दोहोरो आवेदन दिनु र बैंकले आवेदकको विवरण इन्ट्रि हान्दा गलत हान्नुले आवेदन रद्द हुनेछ ।

बैंकलाई ब्रोकर लाइसेन्स ; शेयर बजारमा एकाधिकार तोडियो । Kamal Panthi

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको