Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे लघुवित्तले एफपिओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट

निशा हुमाँगाई

बुधबार, २४ असार २०७७, ०७ : ३१ मा प्रकाशित

मिर्मिरे लघुवित्तले एफपिओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट

अर्थ संसार, काठमाडाैं - मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण  शेयरको थप सार्वजनिक निष्कासन (एफपिओ) निष्कासन गर्ने भएकाे छ । संस्थाले निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेकाे छ ।

संस्थाले ३७ हजार २ सय ६० कित्ता शेयर थप सार्वजनिक निष्कासन (एफपिओ) का लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड (एनएसएमबिएल) निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हाे ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बनेपा–८ स्थित रजिष्टर्ड कार्यालयमा हिजाे (मंगलबार) आयोजित एक समारोह बिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

साधनाको IPO घर, अफिसमा बसीबसी मोवाइलबाटै तुरुन्त यसरी भर्नुहोस् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको