Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारको उकालो यात्रामा ब्रेक !

निशा हुमाँगाई

बुधबार, २४ असार २०७७, १५ : ०५ मा प्रकाशित

शेयर बजारको उकालो यात्रामा ब्रेक !

हेरौं बुधबारको (आज)को शेयर तालिका

अर्थ संसार, काठमाडौं- केही दिनअघिदेखि निरन्तर बढेको बजारमा बुधबार (आज ) ब्रेक लागेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक १०.१३ अंकले घटेकाे छ । बुधबार शेयर बजार १०.१३ अंकले घटेर एक हजार ३२६.५३ मा पुगेकाे छ । नेप्से ०.७६ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.६४ अंकले घटेर २७९.९५ मा पुगेको छ ।

कूल १७९ वटा कम्पनीकाे २९ लाख ७७ हजार ७ सय ६ कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब ७ करोड ८४ लाख ६२ हजार १४१ रुपैयाँको कारोबार भएकाे छ । 

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज १० वटा उपसमूहको शेयर घटेकाे छ भने २ वटा उपसमूहकाे शेयर बढेकाे छ ।

           हेराैं आजकाे शेयर तालिका :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको