Like us!
Follow us!
Connect us!
Watch us!

साधना लघुवित्तको आइपिओमा कति पर्यो आवेदन ?

निशा हुमाँगाई

बुधबार, २४ असार २०७७, १७ : ३८ मा प्रकाशित

साधना लघुवित्तको आइपिओमा कति पर्यो आवेदन ?

अर्थ संसार, काठमाडौं – साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २१ गते आइतबारदेखि निष्कासन गरेको साधारण शेयर (आइपिओ) मा आज (बुधबार) अन्तिम दिन साँझ ५:३० बजेसम्ममा ४ लाख ५५ हजार ७ सय २७ जना आवेदकबाट १ करोड ११ लाख ८७ हजार ९ सय ६० कित्ता शेयर खरिदको लागि आवेदन परेको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएकाे छ ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार अन्तिम तथ्यांक आउन बाँकी भएकाले सामान्य तलमाथि हुने सक्नेछ ।

कुल १ अर्ब ११ करोड ८७ लाख ९६ हजार रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएकाे छ । ६ लाख ६१ हजार ५२० कित्ता सर्वसाधारण शेयरधनीहरुलाई छुट्याइएको आधार मान्दा याे मागभन्दा १६.९१ गुणा बढी आवेदन हो ।

लघुवित्त असार २१ गते आइतबारदेखि हाल कायम चुक्ता पूँजीको ३२ दशमलव ५० प्रतिशत अर्थात ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासन गरेको  मध्ये ०.५० प्रतिशत अर्था १० हजा ८९० कित्ता शेयर कर्मचारी, ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषसलाई र बाँकी ६ लाख ६१ हजार ५२० कित्ता सर्वसाधारण शेयरधनीहरुलाई छुट्याएकाे थियाे ।

संस्थाको आइपीओलाई इक्रा नेपाल लिमिटेडले इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ दिएको छ । आइपीओ बिक्री पश्चात कायम चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँको ५० प्रतिशत हकप्रद समेत जारी गर्ने तयारी रहेको संस्थाले जनाएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको