Like us!
Follow us!
Connect us!
Watch us!

तिनाउ मिसनको साधारण सभा आज, शेयरधनीलाई लाभांश कति ?

निशा हुमाँगाई

विहीबार, २५ असार २०७७, ०७ : १६ मा प्रकाशित

तिनाउ मिसनको साधारण सभा आज, शेयरधनीलाई लाभांश कति ?

अर्थ संसार,काठमाडाैं - तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडकाे वार्षिक साधारण सभा आज (असार २५ गते, बिहीबार) हुँदैछ । बैंककाे १३ औंं वार्षिक साधारण सभा सिद्दार्थ कटेज रेष्टुरेन्ट, बुटवल-९, मिलनचाेक, रूपन्देहीमा बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।

सभामा बैंककाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतका दरले हुन आउने १३ कराेड ७३ लाख १७५ रूपैयाँ ९ पैसा बराबरकाे बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरिँदैछ । यसका साथै उक्त सभामा बोनस शेयर वितरणपश्चात कायम हुने चुक्ता पूँजीको ३ः१ काे अनुपात हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

त्यसैगरी, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरीनेछ ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको