Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट

निशा हुमाँगाई

विहीबार, २५ असार २०७७, ११ : ४४ मा प्रकाशित

एनआईसी एशिया लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट

अर्थ संसार, काठमाडौं – एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा काराेबार सुरू भएकाे आज पहिलाे दिन नै सकारात्मक सर्किट लागेको छ ।

लघुवित्तको शेयर मूल्यमा बजार खुलेको आधा घण्टा नबित्दै १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको हाे ।

यसैगरी, पछिल्लो समय प्रतिकित्ता ३६४ रुपैयाँका दरले कारोबार भइरहेको छ । पहिलो कारोबार  नेप्सेले दिएको अधिकतम रेन्ज ३३१ रुपैयाँमा  खुल्ला गरिएकाे थियाे । नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि ११० रूपैयाँ ४३ पैसादेखि अधिकतम ३३१ रूपैयाँ २९ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियाे ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको