Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया लघुवित्तको आइपिओ यसरी भयाे सूचीकृत

निशा हुमाँगाई

विहीबार, २५ असार २०७७, १३ : ४२ मा प्रकाशित

एनआईसी एशिया लघुवित्तको आइपिओ यसरी भयाे  सूचीकृत

अर्थ संसार, काठमाडौं – एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वसाधरणमा वितरण गरिएको  ४७ लाख ५५ हजार कित्ता र संस्थापक १ कराेड ४५ हजार कित्ता शेयर समेत गरी जम्मा १ कराेड ४८ लाख कित्ता साधारण शेयर नेपाल स्टक एकसचेन्जमा हिजाे असार २४ गते सूचीकरण भएको छ । 

नेपाल धितोपत्र बोर्डबाट मिति २०७६ साल चैत्र ४ गते स्वीकृत विवरणपत्रमा भएको व्यवस्था तथा सामूहिक लगानी कोष नियमावली २०६७ को नियम ४६ मा भएको व्यवस्था बमोजिम सर्वसाधारणमा निष्कासन गर्नु अगावै ११ वटा सामुहिक लगानी कोषहरूको १८ वटा योजनाहरूबाट कुल २ कराेड ३७ लाख ८० हजार कित्ता शेयर माग गरी आवेदन प्राप्त भएकोले ११ वटा सामुहिक लगानी कोषहरूको १८ वटा योजनाहरूलाई माग गरेको अनुपातमा समानुपातिक हिसावले जम्मा २ लाख ३७ हजार ८ सय कित्ता शेयर बाँडफाँड भएको र कर्मचारीहरूलाई ७४ हजार कित्ता शेयर छुट्टाइएकोमा १६६ जना कर्मचारीहरूबाट ७४ हजार कित्ता शेयर बाँडफाँड गरी बाँकी सर्वसाधारणहरूलाई छुट्याईएको प्राथमिक निष्कासन ४४ लाख ४३ हजार २ सय कित्ता शेयर सर्वसाधरणको लागि विक्री खुल्ला गरिएको शेयर निष्कासन असार १४ गते (बैंकिङ्ग समय पश्चात) निष्कासन बन्द भएको थियाे ।

आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्था प्रतिको भरोसा बोकेको यस संस्थाको प्राथमिक शेयर खरिद गर्न ३ लाख ९७ हजार ७ सय ४१ वटा आवेदन मार्फत सर्वसाधारणहरूले निवेदन दिएकोमा संस्था गौरवान्वित रहेको छ । 

संस्थाले  आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमाससम्ममा कर्जा लगानी ७ अर्ब २२ करोड रूपैयाँ पुर्याउन सफल भएको छ र बचत संकलन तर्फ १ अर्ब १ करोड रूपैयाँ पुर्याउन सफल भएको छ । संस्थाले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई विविधिकरण गर्दै आएको छ । यस त्रैमासमा वित्तीय संस्थाको निश्कृय कर्जा अनुपात ०.३२ % र प्रतिशेयर आम्दानी १६ रूपैयाँ ३० पैसा रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको