Like us!
Follow us!
Connect us!
Watch us!

अन्तत: हरियाे भएर नै बन्द भयाे शेयर बजार

निशा हुमाँगाई

विहीबार, २५ असार २०७७, १४ : ५८ मा प्रकाशित

अन्तत: हरियाे भएर नै बन्द भयाे  शेयर बजार

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) शेयर कारोबार मापक नेप्से परिसूचक ४.५७ अंकले बढेकाे छ । बिहीबार शेयर बजार ४.५७ अंकले बढेर एक हजार ३३१.१० मा पुगेकाे छ । नेप्से ०.३४ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.४७ अंकले बढेर २८०.४१ मा पुगेको छ ।

कूल १७८ वटा कम्पनीकाे २२ लाख २६ हजार २०३ कित्ता शेयर खरिदबिक्री हुँदा  ९० करोड ८० लाख ८६ हजार १ सय ९७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी २ वटा उपसमूहकाे शेयर घटेकाे छ। 

संचालक र व्यवस्थापनको इमेजका कारण अजोडको IPO मा लगानीकर्ता आकर्षित हुनेछन्-सिइओ कुमार बहादुर खत्री, अजोड इस्न्योरेन्स

बिहीबार बैंकिङ ०.३७ अंक र व्यापार १८.५४ अंकले घटेकाे छ ।

यस्तै, होटल १२.१८ अंक, विकास बैंक ५.२४ अंक, जलविद्युत ४.८२ अंक, फाइनान्स ४.८३ अंक, निर्जिवन लाइफ ३९.५१, उत्पादन ३५.३ अंक, अन्य ६.८७ अंक, माइक्रोफाइनान्स ९.६१ अंक, लाइफ इन्स्योरेन्स ६८.३३ अंक र सामूहिक लगानी कोष समूह ०.२८ अंकले बढेको छ ।

त्यसैगरी, स्टकका अनुसार बिहीबार सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको शेयर काराेबार भएकाे छ । कम्पनीकाे १५ करोड १८ लाख ४५ हजार रूपैयाँ बराबरकाे कारोबार भएको हाे ।

आज (बिहीबार) एनआईसी एशिया लघुवित्तको पहिलाे काराेबारकाे दिन शेयर मूल्य ३३ रूपैयाँ कायम रहेकाे छ ।

हेराैं आजकाे शेयर तालिका :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको