अर्थ संसार, काठमाडौं - पछिल्लाे समय विभिन्न कम्पनीहरुले धमाधम हकप्रद शेयर निष्कासन गरिरहेका छन् । तोकिएको समयमा चुक्ता पूँजी पुर्याउनका लागि विभिन्न कम्पनीहरुले हकप्रद शेयर निष्कासन गर्न लागेका हुन् ।
हकप्रद शेयर कै कुरा गर्नुपर्दा विभिन्न ६ वटा कम्पनी नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हकप्रद शेयर निष्कासन तथा स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् ।
१. श्रीराम सुगर मिल्स लिमिटेड
श्री राम सुगर मिल्स लिमिटेडले १ बराबर ३ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न २०७४ साल वैशाख २८ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले ८९ लाख ३ हजार ९ सय ४९ दशमलव ८१ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।
२. ङादी ग्रुप पावर कम्पनी लिमिटेड
ङादी ग्रुप पावर कम्पनी लिमिटेडले १० बराबर ३ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न २०७५ साल पुस २३ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले सय रुपैयाँ अंकित दरकाे १६ करोड ६ लाख ६६ हजार ४ सय ४० रुपैयाँ बराबरको १६ लाख ६ हजार ६ सय ६४ दशमलव ४० कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।
३. समृद्धि फाइनान्सकम्पनी लिमिटेड
समृद्धि फाइनान्स कम्पनी लिमिटेडले १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न २०७६ साल फागुन २३ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।
४. नेपाल फाइनान्सकम्पनी लिमिटेड
नेपाल फाइनान्स कम्पनी लिमिटेडले १ बराबर १.२५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न २०७६ साल फागुन २९ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।
५. हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड
हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न २०७६ साल असार ३१ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले ११ करोड कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।
६. बरुण हाइड्रोपावरकम्पनी लिमिटेड
बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न २०७५ साल जेठ २२ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले २५ करोड ५१ लाख ५० हजार रुपैयाँ बराबरको २५ लाख ५१ हजार ५ सय कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।
हकप्रद शेयरकाे बारेमाअन्य विवरण तलकाे तस्विर मार्फत हेर्न सक्नुहुनेछ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस