Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएन, किसान र दिव्य लघुवित्तको एकीकृत कारोबार आजबाट सुरु

निशा हुमाँगाई

सोमबार, २९ असार २०७७, १० : ५३ मा प्रकाशित

एनआरएन, किसान र दिव्य लघुवित्तको एकीकृत कारोबार आजबाट सुरु

अर्थ संसार, काठमाडौं - एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले दुईवटा लघुवित्तलाई प्राप्ति गरी आज (असार २९ गते, साेमबार) बाट एकीकृत कारोबार सुरु गरेकाे छ ।

सुदूरपश्चिम प्रदेशकाे धनगढीमा रहेकाे एनआरएन लघुवित्तले सुदूरपश्चिमकाे लम्कीचूहा नगरपालिकामा रहेकाे किसान माइक्राेफाइनान्स र काभ्रेपलान्चाेक जिल्लाकाे भकुन्डेबेसीमा रहेकाे दिव्य लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेकाे हाे । 

एनआरएन लघुवित्तकाे फागुन १६ गते, दिव्य लघुवित्तकाे चैत्र १७ गते र किसान माइक्रोफाइनान्सकाे गत चैत्र ६ गते सम्पन्न भएकाे सभाले प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

मर्जर पश्चात "एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेड" काे नामबाट एकीकृत कारोबार सुरु भएकाे  संस्थाले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको