Like us!
Follow us!
Connect us!
Watch us!

उन्नति लघुवित्तले धमाधम पठाउँदै बोनस, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

निशा हुमाँगाई

सोमबार, २९ असार २०७७, १३ : १८ मा प्रकाशित

उन्नति लघुवित्तले धमाधम पठाउँदै बोनस, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

अर्थ संसार, काठमाडौं – उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा धमाधम बोनस शेयर जम्मा गर्न थालेको छ ।

संस्थाको गत पुस २९ गते सम्पन्न भएकाे पाँचाैँ वार्षिक साधारण सभाले पारित गरेकाे ३८ दशमलव ६० प्रतिशत बाेनस शेयर गत पुस १५ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे संस्थाले जनाएकाे छ । संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ । 

त्यसैगरी, संस्थाले हालसम्म आफ्नाे शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नाे बाेनस प्राप्त गर्नका लागि आग्रह गरेकाे छ । संस्थाकाे शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको