Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओ ल्याउन बोर्डको ढोकामा पुग्याे डिसहोम

निशा हुमाँगाई

मंगलबार, ३० असार २०७७, १४ : १६ मा प्रकाशित

आइपिओ ल्याउन बोर्डको ढोकामा पुग्याे डिसहोम

अर्थ संसार, काठमाडौं - डिसहोमले साधारण शेयर (आइपीओ) निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेकाे छ । डिसहोमले आइपीओ निष्कासन गर्न हिजाे असार २९ गते साेमबार सेबोनमा निवेदन पेश गरेकाे हाे ।

धितोपत्र बोर्डकी सूचना अधिकारी दीपा दाहालले दिएकाे जानकारी अनुसार डिसहोमले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २३ लाख कित्ता हाराहारीको साधारण शेयर (आइपीओ) निष्कासन गर्न बोर्डसँग अनुमति मागेकाे हाे । यस्तै, डिसहोमकाे २०७५ साल पुस २७ गते सम्पन्न भएकाे साधारण सभाले सर्वसाधारणमा प्राथमिक शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

त्यसैगरी, उक्त साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई  क्यापिटल  लिमिटेडले गर्नेछ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको