Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा उत्साह थपिँदै

निशा हुमाँगाई

मंगलबार, ३० असार २०७७, १४ : ५७ मा प्रकाशित

शेयर बजारमा उत्साह थपिँदै

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) शेयर कारोबार मापक नेप्से परिसूचक ५.०४ अंकले बढेकाे छ । स्टकका अनुसार मंगलबार शेयर बजार ५.०४ अंकले बढेर एक हजार ३४७.४४ मा पुगेकाे छ । नेप्से ०.३८ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.९५ अंकले बढेर २८४.१८ मा पुगेको छ ।

कूल १८६ वटा कम्पनीकाे २५ लाख ६८ हजार १२४ कित्ता शेयर खरिदबिक्री हुँदा  ९९ करोड ४५ लाख ४५ हजार १ सय ९ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ५ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

मंगलबार बैंकिङ ४.०९ अंक, होटल ५५.२९ अंक, जलविद्युत २.९५ अंक, माइक्रोफाइनान्स ६४.९४ अंक र सामूहिक लगानी कोष समूह ०.१२ अंकले बढेको छ ।

व्यापार १४.५७ अंक, विकास बैंक १.६९ अंक, फाइनान्स ४.७५ अंक, निर्जिवन लाइफ ६.४१ अंक, उत्पादन २३.९७ अंक, अन्य २ अंक र लाइफ इन्स्योरेन्स १९.४३ अंकले घटेकाे छ ।

         हेराैं आजकाे शेयर तालिका :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको