Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक वर्षकै अन्तिम दिन शेयर बजारमा देखियाे यस्तो माहोल

निशा हुमाँगाई

बुधबार, ३१ असार २०७७, १४ : ५७ मा प्रकाशित

आर्थिक वर्षकै अन्तिम दिन शेयर बजारमा देखियाे यस्तो माहोल

अर्थ संसार, काठमाडौं – आर्थिक वर्ष २०७६/०७७ को अन्तिम दिन आज (बुधबार) शेयर बजार दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक १४.९० अंकले बढेर एक हजार ३६२.३४ मा पुगेकाे छ । नेप्से १.११ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ४.०६ अंकले बढेर २८८.२४ मा पुगेको छ ।

कूल १८९ वटा कम्पनीकाे ३२ लाख १२ हजार ९२४ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब १६ करोड ४ लाख ९१ हजार ५ सय २२ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ८ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

   हेराैं आजकाे शेयर तालिका :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको