Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले बढेर शेयर बजारले गर्याे नयाँ आर्थिक वर्षलाई स्वागत

निशा हुमाँगाई

विहीबार, ०१ साउन २०७७, १४ : ५२ मा प्रकाशित

दोहोरो अंकले बढेर शेयर बजारले गर्याे नयाँ आर्थिक वर्षलाई स्वागत

अर्थ संसार, काठमाडौं – नयाँ आर्थिक वर्ष २०७७/०७८ आर्थिक वर्ष सुरु भएको पहिलो दिन आज (बिहीबार) पनि शेयर बजार दोहोरो अंकले बढेको छ ।

 नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक ३२.४२ अंकले बढेर एक हजार ३९४.७७ मा पुगेकाे छ । नेप्से २.३८ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ६.८१ अंकले बढेर २९५.०६ मा पुगेको छ ।

कूल १८० वटा कम्पनीकाे २९ लाख १४ हजार ५१८ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ४ करोड १७ लाख ७० हजार ८ सय ६७ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज सबै उपसमूहकाे शेयर बढेकाे छ ।

 हेराैं आजकाे शेयर तालिका :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको