Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्सको आइपिओ भोली बाँडफाँड हुने संकेत !

अर्थ संसार

विहीबार, ०१ साउन २०७७, १७ : ०० मा प्रकाशित

अजोड इन्स्योरेन्सको आइपिओ भोली बाँडफाँड हुने संकेत !

अर्थ संसार, काठमाडौं अजोड इन्स्योरेन्स लिमिटेडले निकाशन गरेको साधारणस शेयर (आइपिओ) भोली अर्थात साउन २ गते बाँडफाँड हुने तयारी भैरहेको छ । संम्भव भएसम्म (आज) बेलुकासम्म प्रि अलोटमेन्ट गर्ने र भोली नै बाँडफाँड गर्ने तयारी भैरहेको आइपिओ बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका एक कर्मचारीले arthasansar.com लाई भने । 'हेरौं सिस्टमले कत्तिको साथ दिन्छ' ती कर्मचारीले भने-'सिस्टमले साथ दिएको खण्डमा भोली नै बाँडफाँड हुनेछ, नभए पनि केही दिनभित्रमै बाँडफाँड हुनेछ ।'

अजोड इन्स्योरेन्सको आइपिओ बाँडफाँड मितिको जुर्यो साइत : पर्ने सम्भावना कति ? 

असार २५ गतेदेखि निश्कासन भएको आइपिओमा  कुल १ अर्ब ८१ करोड ६३ लाख ९९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । ५ लाख २ हजार २९८ जनाले १ करोड ८१ लाख ६३ हजार ९९० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ६.६५ गुणा बढी हो । साउन १९ गते आवेदन दिन अन्तिम दिन रहेको थियो ।

नेपाल रिइन्स्योरेन्सको शेयरमा लगानीकर्ताको चलाखीपन ! 

अजोडको आइपीओमा कुल आवेदकको संख्या ५ लाख २ हजार २९८ जनना रहेको बिक्री प्रबन्धकले जनाएको छ । यसआधारमा अहिलेको मोटामोटी तथ्यांक अनुसार २ लाख ७३ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । २ लाख २९ हजार जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् । बिक्री प्रबन्धकका अनुसार कतिपय आवेदनमा त्रुटी भेटिएकाले भेरिफाई गर्दा सेयर पाउनेको संख्या सामान्य बढ्न भने सक्नेछ । 
 
अजोडले असार २५ गतेबाट ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । जसमध्ये ४५ अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५५ अर्थात १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई दिइएको छ । बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि बिक्री खुला गरीएको हो ।

अजोडको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको थियो । हाल अजोडको अधिकृत पुँजी १ अर्ब र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओ बाँडफाँटपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।
 

 
 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको