Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्तालाई नबिलको पञ्चगुणी डिम्याट सेवा

अर्थ संसार

विहीबार, ०१ साउन २०७७, १८ : ४३ मा प्रकाशित

लगानीकर्तालाई नबिलको पञ्चगुणी डिम्याट सेवा

अर्थ संसार, काठमाडौ- नबिल इन्भेष्टले लगानीकर्ताहरुलाई फ्रिमा डिम्याट खाता  खोलिदिने भएको छ । कम्पनीले डिम्याट खाताखोल्नको लागि नयाँ योजना सार्वजनिक गरेको छ ।  विद्यमान कोरोना भाइरस (कोभिड १९) को कारणले लगानीका क्षेत्रहरु खुम्चदै गएको परिवेशमा बढी भन्दा बढी लगानीकर्ताहरुलाई नेपालको वित्तीयबजार पनि एउटा लगानीको क्षेत्र हुनसक्छ भन्ने उद्देश्यका  यो योजना ल्याएको कम्पनीले जनाएको छ । 

लगानीकर्ताहरुलाई शेयर बजारमा प्रवेश गराउन सर्वप्रथम डिम्याट खाताको आवश्यक पर्ने भएकोले उनीहरुको हितलाई ध्यानमा श्रावण १ गतेदेखि लागु हुनेगरी सर्वाजनी गरेको नयाँ योजना बढीमा श्रावण मसान्त सम्मलागु रहनेछ । 

यो योजनामा यस कम्पनीले दिंदै आएको वित्तीय बजारसँग सम्बन्धित विभिन्न ५ (पाँच) वटा सेवाहरुमा लाग्ने शुल्क तथा दस्तुरहरुमा एक पटकको लागि पूर्णरुपमा छुट हुनेछ । पूर्णरुपमा शुल्क छुट हुने सेवाहरु निम्नबमोजिम रहेकोछ :

  • DEMAT Account for Free

  • Equity Research Report for Free

  • Mero Share for Free

  • AMCfree Portfolio Management and Investment Advice

  • Total Financial Advisory at Business Clinic for Free

पछिल्लो दिनमा यसरी नै लगानीकर्ताहरु र उद्यमीहरुकोहितलाई ध्यानमा राखी राष्ट्रकै अग्रगामी तथा प्रगतिशिल इन्भेष्टमेण्ट बैंकिंग सुविधाहरु नबिल इन्भेष्टले पछिल्ला दिनहरुमा संचालनमा ल्याउँदै आएको छ । जसमा लगानी तथा प्राईभेट ईक्विटी परामर्श, विजनेश क्लिनिक, सम्भाव्यताअध्ययन, उद्यमी र लगानीकर्ताहरुलाई जोड्ने र सहज र छिटो बैक कर्जा उपलब्ध गराउने उपाय सहित एकै छाना मुनि पुरै सबै आर्थिक तथावित्तीय समाधानहरु पर्दछन् । 
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको