Like us!
Follow us!
Connect us!
Watch us!

सामुदायिक लघुवित्तको शेयर रजिष्ट्रार चयन

निशा हुमाँगाई

शुक्रबार, ०२ साउन २०७७, ०६ : ३७ मा प्रकाशित

सामुदायिक लघुवित्तको शेयर रजिष्ट्रार चयन

अर्थ संसार, काठमाडौं – सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । संस्थाले हिजाे (साउन १ गते, बिहीबार) बाट लागू हुने गरी लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेकाे हाे ।

संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्ती गरिएकाे संस्थाले जानकारी गराएकाे छ । 

अब उप्रान्त संस्थाकाे शेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू लक्ष्मी क्यापिटल मार्केट लिमिटेड मार्फत हुनेछ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको