Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकले पायो ऋणपत्र जारी गर्ने अनुमति, ब्याजदर कति ?

निशा हुमाँगाई

शुक्रबार, ०२ साउन २०७७, १३ : २६ मा प्रकाशित

प्रभु बैंकले पायो ऋणपत्र जारी गर्ने अनुमति, ब्याजदर कति ?

अर्थ संसार, काठमाडौं - नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रभु बैंक लिमिटेडलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ ।

 बोर्डले बैंकलाई २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार ३१ गते बुधबार अनुमति दिएकाे हाे । जसमध्ये बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट र ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणका लागि खुल्ला हुनेछ ।

बैंकले ८ वर्ष अवधिका लागि १० प्रतिशत ब्याजदरमा ‘१० % प्रभु बैंक डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।

त्यसैगरी, यस ऋणपत्र निष्कासन गर्नका लागि बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको